आँधीहुरीसँगै भएको वर्षापछि जलेश्वर जलमग्न

महोत्तरी । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ ।  पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको हो। जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको […]

स्याङ्जाको अर्जुनचौपारीमा शैक्षिक क्रान्ति: विद्यार्थीको नतिजामा सुधार

स्याङ्जा, चैत २९, २०८२ – स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले शिक्षा क्षेत्रमा एउटा अनुपम उदाहरण प्रस्तुत गरेको छ। विगत तीन वर्षको अवधिमा गाउँपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको शैक्षिक नतिजामा चामत्कारिक सुधार ल्याउन सफल भएको छ, जसले देशभरका लागि प्रेरणाको स्रोत बनेको छ। २०७९ सालको शैक्षिक सत्रमा अर्जुनचौपारीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीमध्ये केवल १८ प्रतिशतले मात्र […]

उद्योगी शेखर गोल्छा पक्राउ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसीले  बताए । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, […]

दाङको सञ्जीवनी टिचिङ हस्पिटलद्वारा विशिष्टीकृत सेवा विस्तारको घोषणा

लमही, दाङ । दाङमा सञ्चालित सञ्जीवनी टिचिङ हस्पिटलले आफ्नो सेवा विस्तारलाई तीव्रता दिँदै विशिष्टीकृत (सुपरस्पेशियालिटी) स्वास्थ्य सेवाहरू सञ्चालनमा ल्याउने घोषणा गरेको छ। माघ २८ गतेदेखि सेवा सुरु गरेको यस अस्पतालले आगामी एक महिनाभित्र न्युरोलोजी, कार्डियोलोजी र युरोलोजी अन्तर्गतका सुपरस्पेशियालिटी सेवाहरू उपलब्ध गराउने तयारी गरेको हो। यससम्बन्धी जानकारी बिहीवार लमहीमा आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको छ। अस्पतालको […]